सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

गोदावरीका मेयर महर्जन सहित १४ जनाले पाए विशेष अदालतबाट सफाई

प्रकाशित समय: बुधवार, ०६ : ४१ बजे श्रावण ३० गते



गोदावरीका मेयर महर्जन सहित १४ जनाले पाए विशेष अदालतबाट सफाई

काठमाडौँ, गोदावरी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र व्यवसायीले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दाको फैसला गरेको छ। विशेष अदालतले भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी सहित १४ जनालाई सफाइ दिएको छ। अख्तियारले मेयर महर्जन र उपमेयर अधिकारी सहित १४ जनाविरुद्ध २०८१ जेठ २१ गते भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो।

 

आज विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले १४ जनालाई नै सफाइ दिने फैसला गरेको हो।

विशेष अदालतले गरेको संक्षिप्त आदेशमा भनिएको छ, ‘निकासी कर जस्ता शुल्कसम्म लगाउन सक्ने तर सो सम्पत्तिको बिक्री गर्न नगरपालिकाले नपाउने हुँदा नगरपालिकाले कानुनद्वारा तोकिएको निकासी शुल्क लिनु भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ (ख) को कसुर हुने देखिँदैन।’

 

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो। आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेन्डर र लगाउँदा सरकारी दरभन्दा कम गरी लगाएको दाबी अख्तियारले गरेको थियो। यसबाट सरकारलाई १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानि नोक्सानी भएको अख्तियारको दाबी थियो।

 

विशेष अदालतको फैसलासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन उपमेयर अधिकारी सहित १४ जना विरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भनी लगाएको आरोप झुट साबित भ

एको छ।