धनुषा,गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको बताएका छन् ।आज बिहान जनकपुर विमानस्थल पुगेका गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने र कानुन नै नयाँ बनाउने गरी गृहमन्त्रालयबाट प्रक्रिया अघि बढाइएको गृहमन्त्री लेखकको भनाई छ ।
मन्त्रालयबाट निर्णय गरेर अगाडि बढाइसकेको गृहमन्त्री लेखकले दाबी गरे । विभिन्न मन्त्रालयहरुको सहमति पछि प्रहरी समायोजन प्रक्रिया संसदमा जाने उनले बताए । प्रहरी सम्बन्धी संघका ऐनहरुमा संशोधन गरेर प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने गृहमन्त्री लेखकले बताए । प्रहरी समायोजन प्रक्रियाले चाँडै अन्तिम रुप पाउने बताउँदै उनले मधेश प्रदेशको आफ्नै प्रहरी बल स्थापित हुने कुरामा विश्वस्त हुन आग्रह गरे ।
त्यस्तै, गृहमन्त्री लेखकले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्ने बताए । उनले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ