मेचिनगर, नेपाल बुद्धिचाल महासंघ र नाइट चेसक्लब झापाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको आइतबार तेश्रो दिन सिनियर तर्फ पाँच चरण र जुनियर तर्फ सातौं चरणका खेलहरु सम्पन्न भएका छन्।
राष्ट्रिय एमेच्योर विधा अन्तर्गत सिनियर २ हजार मुनिको क्लासिकल खेलमा सिएम पुरुषोत्तम चौलागाईंले युवा खेलाडी आशिष् फूँयाल सँग बराबरी नतिजा आत्मसाथ गर्दै ४.५ अंक जोडेर एकल अग्रता कायम गर्न सफल भएका छन्। पूर्व नेपाल च्याम्पियन समेत रहेका १९३७ रेटेड पुरुषोत्तमले प्रतिद्वन्द्वी १८९६ रेटेडका आशिष् सित बराबरी खेलि उपाधि तर्फ लम्केका छन्।
आशीष ४ अंक बनाएर दोश्रो स्थानमा उभिएका छन्। उनी संगै सिएम कृष्ण थापा र राजेन्द्र राईले पनि ४ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन्। पूर्व विजेता १९३३ रेटेड कृष्ण थापाले १७६९ रेटेड प्रेम लिम्बू सित पाँचौ चरणको लामो खेल करिव ३ घण्टा ३० मिनेट प्रतिस्पर्धा गर्दै मीठो जीत दर्ता गरेका छन्। यस्तै १८९३ रेटेड राजेन्द्र राईले १८६२ रेटेड रिशोन थापा माथि कठिन विजय प्राप्त गरेका छन्।
खेलमा सम्भावनालाई जगाउँदै १८९१ रेटेड बिकास मैनाली र १७३४ रेटेड धिरेन राई ३.५ अंक बनाएर संयुक्त तेश्रो स्थानमा रहन सफल भएका छन् । सिनियर २६ राष्ट्रिय खेलाडीको कडा प्रतिस्पर्धामा महिला राष्ट्रिय च्याम्पियन रहेकी १७०८ रेटड सिन्दिरा जोशीले १८०९ रेटेड उमेश राईलाई हारको स्वाद चखाएकी छिन्।
होटल व्यवसायी संघ मेचिनगरको सभाहलमा चलिरहेको १७०० रेटिङ्ग मुनिको प्रतिस्पर्धामा उत्कृष्ट लय समाउदै १६९९ रेटेड रञ्जित राईले सातमा सात खेल जितेर ७ अंकका साथ एकल अग्रता कायम गरेका छन्। राईले सत प्रतिशत नतिजा आफ्नो पक्षमा राख्ने क्रममा ब्यक्तिगत ५० अंक रेटिङ्ग समेत बढाउन सफल बनेका छन्।
तेस्रो चरणको खेलमा रञ्जित संग एक खेल गुमाएका १६२९ रेटेड रामहरि कार्कीले भने ६ अंक बनाएर दोश्रो स्थान ओगटेका छन्। कार्कीले आज १६२६ रेटेड कपिल गुरुङलाई पराजित गरेका छन्। यसैगरी १६४८ रेटेड शिभम् कुमार बिक र १५९८ रेटेड कृष्णप्रसाद सिग्देल ५.५ अंक बनाएर संयुक्त तेश्रो स्थानमा रहन सफल भएका छन्।
सेप्टेम्बर महिनामा हुने हंगेरी चेस ओलम्पियाडमा सहभागी बन्न तयारी गरिरहेकी महिला खेलाडी पूजा भण्डारी आज भएको सबै खेल आफ्नो पक्षमा पारेकी छिन्। १६८७ रेटेड पूजा भण्डारीले पाँच खेलमा जित र एक खेल बराबरी खेल्दै पुरुष प्रतिद्वन्द्वीका बिच ५.५ अंक जोडेर तेश्रो स्थान सुरक्षित गरेकी छिन्। भण्डारीलाई पछ्याउदै १५२९ रेटेड महिला खेलाडी पुनम प्रसाईं ३ अंक र अनरेटेड प्रतिमा बास्कोटा २.५ अंक बनाएर खेलिरहेकी छिन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ