मेचिनगर,नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी कार्यक्रम राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता झापा जिल्लाको मेचि नगर नगरपालिका काँकडभिट्टामा सम्पन्न भएको छ। चारदिन चलेको चेस प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गरि सिएम पुरुषोत्तम चौलागाईंले उपाधि आफ्नो नाम गरेका छन्।
छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताका विजेता १९३७ रेटेड पुरुषोत्तम चौलागाईंले सात चरणको क्लासिकल खेल मध्ये ५ जित २ बराबरी खेल्दै अपराजित ६ अंक जोडेका हुन्। चौलागाईंले २१७७ रेटिङ्ग पर्फोम गर्दै प्रथम पुरस्कार नगद रु. ५० हजार हात पारेका छन्।
कोसि प्रदेश सभा सदस्य मा. गोपाल तामाङको प्रमुख उपस्थिति रहेको समापन कार्यक्रममा राजेन्द्र राईले ५.५ अंक बनाएर द्वितीय स्थानमा रहँदै नगद पुरस्कार २५ हजार प्राप्त गरेका छन्। समान ५.५ अंक जोडेका धिरेन राई डाइरेक्ट इन्काउण्टर , बुकोल्ज वान टु र मोष्ट वीन नियमका आधारमा तृतीय स्थानमा चित्त बुझाउदै नगद पुरस्कार रु. १५ हजार प्राप्त गरेका छन्।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजि महर्जनको हातवाट पुरस्कार ग्रहण गर्नेमा युवा खेलाडी आशिष् फूँयाल चौथो हुँदै नगद रू. १२ हजार , पूर्व विजेता सिएम कृष्ण थापा पाचौं बन्दै नगद रू. १० हजार , नीलम बस्नेत छैटौं ८ हजार , बिकास मैनाली सातौं ६ हजार , प्रेम लिम्बू आठौं, सुरोज महर्जन नवौं र वलिमान गुरुङ दशौं स्थानकाले ५ हजार पुरस्कार प्राप्त गरेका छन्।
नाइट चेस क्लब, झापाका अध्यक्ष विश्व विजय घिमिरेको सभापतित्वमा सम्पन्न १७०० मुनिको विधामा २३६२ रेटिङ्ग पर्फोमेन्स गर्दै रञ्जित राई प्रथम बन्न सफल भएका छन्। ब्यक्तिगत १६९९ रेटिङ्गवाट खेल प्रारम्भ गरेका राईले ६५.२ रेटिङ्ग बढाउदै सबै खेल जितेका हुन्। उनले प्रथम पुरस्कार नगद रु. ५० हजार हात गरेका छन्।
सिनियर राष्ट्रिय निर्णायक सोराज ताम्राकारले सञ्चालन गरेको ९ चरणको प्रतिस्पर्धामा रामहरि कार्की द्वितीय हुँदै नगद रु. २५ हजार, कपिल गुरुङ तृतीय बन्दै नगद रु. १५ हजार, महिला खेलाडी पूजा भण्डारी चौथो स्थानमा रहँदै नगद रु. १२ हजार, शिभम् कुमार बिक पाँचौं हुँदै १० हजार प्राप्त गरेका छन्। यस्तै रोशन खड्गी छैठौं ८ हजार, कृष्णप्रसाद सिग्देल सातौं ६ हजार, सुरज सिंह आठौं, खिलराज राई नवौं र राजन पहाडी दशौं स्थानमा रहँदै ५ हजार पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
मेचिनगर नगरपालिका र पशुपति बोर्डिङ स्कूलको प्रमुख प्रायोजन रहेको प्रतियोगिता काँकडभिट्टा स्थित होटल व्यवसायी संघ सभाहलमा सम्पन्न भएकोछ। छैटौं राष्ट्रिय एमेच्योर चेस प्रतियोगितामा नगद पुरस्कार २ लाख ८२ हजार प्रदान गरिएको निर्देशक भरत गुरुङले जानकारी गराए। प्रतियोगितामा सहभागी खेलाडीको आवास , खाना र एकतर्फी यातायात समेत व्यहोरेर कूल खर्च १८ लाख २२ हजार भएको गुरुङले पुरस्कार वितरण तथा समापन समारोहमा जनाए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ