ललितपुर, गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब २८ करोड ५८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मुना अधिकारीलेले १५ औं नगरसभामा बजेट प्रस्तुत गरिन् ।
त्यसअघि नगर उपप्रमुख अधिकारी द्वारा नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।
चालु आर्थिक वर्षमा २ अर्ब ६४ करोड ६७ लाख ८५ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षको बजेट चालु वर्षको भन्दा ३६ करोड ९ लाख १ हजारले घटेको हो ।
बजेटमा आन्तरिक स्रोतबाट ४५ करोड ४४ लाख, सङ्घीय सरकार समानीकरण १९ करोड ७६ लाख, सङ्घीय सरकार सशर्त चालु ३९ करोड ९८ लाख ३० हजार, सङ्घीय सरकार सशर्त पुँजीगत ५ करोड १० लाख, सङ्घीय सरकार समपूर्वक अनुदान पुँजीगत १ करोड ५० लाख, सङ्घीय सरकार विशेष अनुदान पुँजीगत ३ करोड, सङ्घीय सरकार राजस्व बाँडफाँड १३ करोड ९२ लाख, प्रदेश सरकार सशर्त अनुदान २ करोड ९७ लाख २५ हजार, प्रदेश सरकार समानीकरण अनुदान २ करोड १० लाख ५५ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड सवारीकर ५ करोड ६५ लाख ७४ हजार, मालपोत रजिस्ट्रेसन ललितपुर ३७ करोड, प्रदेश सरकार समपूरक अनुदान पुँजीगत ३ करोड, प्रदेश सरकार विशेष अनुदान पुँजीगत ६५ लाख, लागत सहभागिता २ करोड ५० लाख, गत वर्षको अ.ल्या.बाट ४६ करोड स्रोत व्यवस्था हुने उल्लेख छ।
नगरपालिकाले स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, रोजगार प्रवर्द्धनलगायतमा जोड दिएर बजेट ल्याएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ