हेटौंडा,पेरिस पारा ओलम्पिकमा पदक दिलाएकी पलेशा गोवर्धनलाई वाग्मती प्रदेश सरकारले १० लाख रुपैयाँसहित सम्मान गरेको छ ।
बिहीबार संविधान दिवसको अवसरमा हेटौंडामा बजार परिक्रमासहित कांस्य पदक विजेता पलेशालाई सम्मानित गरिएको हो । पलेशासहित १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई पनि ५ लाखसहित बागमती प्रदेश सरकारले सम्मानित गरेको थियो ।
पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो । एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा ऐतिहासिक रजत जितेकी थिइन् ।
प्रदेश सरकारले उनका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ वाग्मती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरेको हो । उनीहरुलाई वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, खेलकुद मन्त्री मिनकृष्ण महर्जनले सम्मान पत्र एवम् नगद हस्तान्तरण गरेका थिए ।
सम्मान कार्यक्रममा आर्थिक मामिला तथा कानुन मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले खेलकुदको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । एरिका र कुशलसहित नेपाली कराते टोली अहिले एसियाली च्याम्पियनसिप खेल्न चीन पुगेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--