सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ३१ जेठ २०८२ / Friday, 13 June 2025

महाङ्काल गाउँपालिकाले 'महाङ्काल सांस्कृतिक उत्सव-२०८१' गर्ने

प्रकाशित समय: मगलवार, ०८ : १६ बजे आश्विन ८ गते



महाङ्काल गाउँपालिकाले 'महाङ्काल सांस्कृतिक उत्सव-२०८१' गर्ने

ललितपुर, महाङ्काल गाउँपालिकामा 'महाङ्काल सांस्कृतिक उत्सव-२०८१' आयोजना हुने भएको छ । महाङ्काल प्रज्ञा प्रतिष्ठानको आयोजनामा असोज २५ गते शुक्रबार सांस्कृतिक उत्सव हुने भएको हो।

 

नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा संस्कृति, कला, भाषा, साहित्य, संगीत तथा नृत्य प्रस्तुतिसहितको विविध सांस्कृतिक कार्यक्रम गर्ने आयोजकले जनायो।

 

उत्सवमा दर्जनौं स्थानीय कलाकार,कवि तथा साहित्यकार, आख्यानकार, लेखक,संस्कृतिविद्, विद्यार्थी लगायतले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्।

 

उत्सवमा विभिन्न सामाजिक,राजनीतिक,उद्योग,व्यवसाय,खेलकुद लगायतका सम्बन्धित व्यक्तित्वद्वारा स्थानीय कला संस्कृति,पर्यटन प्रवर्द्धन,नाटक तथा रंगमञ्च,गजललगायत गाउँपालिका भित्रका बहुविधा तथा क्षेत्रबारेका अन्तरक्रियात्मक कार्यक्रम समेत हुने आयोजकले जनाइएको छ ।

 

बडादशैंको शुभकामना सँगै सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत समेटिने महाङ्काल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा प्राज्ञ परिषद् अध्यक्ष रामसुन्दर केसीले बताए। 

 

कार्यक्रममा आफ्नो जातीय र सांस्कृतिक पहिचान झल्किने भेषभुषा तथा पहिरन लगाएर कार्यकममा उपस्थित हुन आयोजकले आह्वान समेत गरेको छ।