ललितपुर ः ललितपुर महानगरले दुई दिनको अविरल वर्षासँगै आएको बाढी प्रभावित वडाहरुमा औषधि वितरण सुरु गरेको छ ।
महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको ¥यापिङ रेस्पोन्स टिम वडामा परिचालन भएको बताए । उनले भने, ‘ विपदपछि देखिन सक्ने स्वास्थ्य समस्या बुझ्न औषधिसहितको विज्ञसहित टिम वडामा परिचालन गरेका छौं । ’ सूचना अधिकारी गुरागाईंका अनुसार ¥यापिङ रेस्पोन्स टिम अहिले वडा नं.१३, १४, १८, २५मा खटिएको छ । उनले भने,‘ अन्य वडामा पनि टिमका साथीहरु जानुहुन्छ । ’ कुनै पनि किसिमको अप्ठ्यारो, समस्या वा जिज्ञासा भए महानगरको हटलाइन नम्बर ११३१ सम्पर्क गर्न समेत उनले नगरबासीलाई अनुरोध गरे ।
महानगरपालिकाले जनस्वास्थ्य शाखाका मेडिकल इमरजेन्सी टिम लिडर डा. छविन्द्र गैरेले पानी शुद्ध बनाउने औषधि लगायत ज्वरो, रुघाखोकी, सामान्य चोटपटकका औषधि वितरण गरेको जानकारी दिए । डां गैरेले भने, ‘ बाढी आएपछि पानीका मुहानहरु प्रदुषित हुन सक्छन्, त्यसैले पानीको सुद्धिकरण अत्यावश्यक छ । ’ शुद्ध पानी पिउन अनुरोध गर्दै पानी सुद्ध बनाउने औषधि पनि दिएका छन् । ’ महानगरले मरेका जनावर कुहिदाँ गन्ध आउन सक्ने तर्फ ध्यान दिदैं गन्ध आउन नदिन स्प्रे समेत विभिन्न ठाउँमा गरिरहेको जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ