ललितपुर ः ललितपुर महानगरले नख्खु खोलामा आएको बाढीमा परेका दुई जनालाई उद्धार गर्ने चनिकलाल तामाङलाई सम्मानसहित पुरस्कृत गरेको छ ।
तामाङलाई बुधबार महानगरमा आयोजित कार्यक्रममा तामाङलाई नगर प्रमुख चिरीबाबु महर्जनले एक लाख नगदसहित सम्मानपत्र प्रदान गरे । महानगरको कार्यपालिकाको पछिल्लो बैठकले तामाङलाई सम्मानसहित पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
नगर प्रमुख चिरीबाबु महर्जनले चनिकलाल तामाङको बहादुरीको प्रसंशा गरे । उनले भने, ‘ तपाईले गर्नु भएको कामको जुन शब्दले प्रसंशा गरे पनि पुग्दैन, नगरबासी र नगरपालिकाको तर्फबाट धेरै धेरै धन्यवाद । ’ नगर प्रमुख महर्जनले चनिकलालले गरेको काम मानवताको उत्कृष्ट र अतुलनीय नमूना भएको बताए । असोज १२ गते नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको उद्धार गरेका थिए ।
चनिकलाल श्रेष्ठले बाढीसँगै बगिरहेकालाई उद्धार गर्दा अतुलनीय आत्मसन्तुष्टि मिलेको बताए । उनले भने, ‘ श्रीमतीले नजानु, नजानु भन्दै थिइन् , होइन म जान्छु भन्दै गएँ, मान्छे बचाएर फर्केँ । ’ सम्मान र पुरस्कारको लागि आफू बाढीले बगाएको मान्छे बचाउन उर्लदो खोलामा हाम नफालेको बताए । उनले भने, ‘ मलाई यस्तो सम्मान पाउँला भन्ने थाहै थिएन, मेरो काम देखेर सम्मान गर्नुभयो तपाईहरुलाई धेरै धेरै धन्यवाद ।
महानगरका प्रवक्ता राजु महर्जनले मानव जीवन रक्षाको लागि चनिकलालले गरेको कामको उच्च मूल्यांकन गर्दै महानगरले सम्मान सहित पुरस्कृत गरेको बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ