सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

बाढी पहिरो पीडितलाई सघाउन नेपाली कांग्रेस ललितपुरले खटायो छ वटै पालिकामा प्रतिनिधि

प्रकाशित समय: बुधवार, ०८ : १६ बजे आश्विन १६ गते



बाढी पहिरो पीडितलाई सघाउन नेपाली कांग्रेस ललितपुरले खटायो छ वटै पालिकामा प्रतिनिधि

ललितपुर,नेपाली कांग्रेस ललितपुरले ललितपुरका ६ वटै पालिकामा प्रतिनिधि खटाएको छ ।

नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिको मिति २०८१ असोज १६ गते सम्पन्न पूर्ण बैठकका निर्णयले असोज ११ र १२ गते आएको अविरल बर्षाले निम्त्याएको विनाश र जनधनको क्षति पश्चात् उद्धार र राहत कार्यमा सघाउन र जिल्लामा बाढी पहिरोले पुऱ्याएको क्षतिको विवरण यकिन गरी पालिका स्तरमा समन्वय, तथ्याङ्क संकलन सहित विवरण तयार गरी पेश जिल्ला पदाधिकारी र सदस्यलाई जिम्मेवारी दिएको छ।

 

जस अनुरूप नेपाली कांग्रेसका जिल्ला सह सचिव ऋषिदेव फुयाँल महाङ्काल गाउँपालिका, जिल्ला सचिव राजन प्रसाद घिमिरे कोन्ज्योसोम गाउँपालिका, जिल्ला सदस्य माधव दुलाल बागमती गाउँपालिका, जिल्ला सदस्य बालमुकुन्द घिमिरे गोदावरी नगरपालिका, जिल्ला सदस्य रोनिल पौडेल महालक्ष्मी नगरपालिका र जिल्ला प्रवक्ता सन्तोषराज के.सी ललितपुर महानगरपालिको जिम्मेवारी दिएको छ। साथै बैठकले सम्पूर्ण पालिकाहरूको समन्वयको जिम्मेवारी जिल्ला सह सचिव एवम् जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाँललाई प्रदान गर्ने निर्णय गरेको छ ।

 

त्यस्तै अविरल बर्षाले निम्त्याएको विनाश र जनधनको क्षति पश्चात् उद्धार र राहत कार्यमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको सक्रियता र अथक प्रयासको उच्च मूल्यांकन गर्दै यो बैठक हार्दिक आभार व्यक्त गर्दै पुनर्स्थापनाको कार्यमा सबैसँग हातेमालो गर्दै निरन्तर कृयाशील रहन अपील गरेको छ।

 

 

त्यस्तै बाढी पहिरो पीडितहरूलाई राहत र पुनर्स्थापना सेवा पुऱ्याउन नेपाली कांग्रेस जिल्ला कार्यालय ललितपुर अन्तर्गत "बाढी पहिरो राहत तथा पुनर्स्थापना कोष- २०८१ स्थापना गरी राहत संकलन गर्ने निर्णय गरेको छ। सो कोषमा रकम सहयोग गर्न चाहने इच्छुक संघ, संस्था वा महानुभाबहरुलाई "नेपाली कांग्रेस ललितपुर" को नाममा हिमालय बैंक लिमिटेड, नखिपोट शाखा अन्तर्गत खाता नं 30450740100017 मा वा उपलब्ध QR code मा स्वेच्छिक रकम जम्मा गरिदिनुहुन अनुरोध गर्ने निर्णय समेत गरेको छ।

 

जिल्ला सचिव वशिष्ठकुमार अधिकारीले जिल्लाबाट नेपाली कांग्रेसका प्रत्येक पालिका सभापतिहरू तथा निर्वाचित जनप्रतिनिधिहरूसँग समन्वय गरी "शुभकामना होईन समानुभूति" कार्यक्रम मार्फत पीडितहरूको घर दैलोमा पुगी समवेदना, राहत र पुनर्स्थापनाका कार्यक्रमहरूमा सहभागी हुने निर्णय भएको जानकारी दिनुभयो।

 

बैठकले नेपाली कांग्रेस पूर्व जिल्ला कोषाध्यक्ष एवम् पुर्व महाधिवेशन प्रतिनिधि केदार बहादुर अमात्यको मिति २०८१ भाद्र २८ गते र नेपाली कांग्रेसका युवा नेता, बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननीय मिनकृष्ण महर्जनका पिता हरिकृष्ण महर्जनको मिति २०८१ असोज ११ गते भएको निधनप्रति गहिरो दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली एवम् परिवारजनमा हार्दिक समवेदना सहित शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ।