सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

काङ्ग्रेस महामन्त्री गगनकुमार थापाको सहकार्यमा नेविसंघद्वारा राहत वितरण

प्रकाशित समय: मगलवार, ०७ : १२ बजे आश्विन २२ गते



काङ्ग्रेस महामन्त्री गगनकुमार थापाको सहकार्यमा नेविसंघद्वारा राहत वितरण

ललितपुर,महाङ्काल गाउँपालिकाका बाढी पहिरो पीडितलाई नेपाल विद्यार्थी सङ्घको अगुवाइमा राहत वितरण गरिएको छ।

 

 असोज ११ र १२ गते आएको भारी वर्षाका कारण महाङ्काल गाउँपालिकामा मात्र १३ जनाको मृत्यु भएको थियो। 

 

नेपाली कांग्रेस बागमती प्रदेशका सह महामन्त्री हिसीराम घिमिरेको उपस्थितिमा राहत सामग्री वितरण गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि धनेन्द्र केसीले बताए।

 

बाढी पहिरोका कारण मृत्यु भएका परिवार तथा प्रभावितलाई चाइना फाउन्डेसनले उक्त सामग्री सहयोग गरेको थियो।

 

काङ्ग्रेस महामन्त्री गगनकुमार थापाको सहकार्यमा नेविसंघ ललितपुरद्वारा उक्त राहत वितरण गरिएको हो। 

 

राहत सामग्रीमा दाल, चामल, नुन, प्रेसर कुकर, ब्ल्याङ्केट लगायतका घरायसी अत्यावश्यक सामग्री रहेको छ।

 

राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रभाकर पोखरेल, बिमल थापा, महाङ्काल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जोनी कुमार न्यासुर, नेविसङ्घ केन्द्रीय सदस्य राज लामा, जिल्ला अध्यक्ष सरोज घोरासैनी, उपाध्यक्ष निराजन घिमिरे, उपाध्यक्ष नदिम देसार लगायतको उपस्थिति

रहेको थियो।