कञ्चनपुर,नेपाल बुद्धिचाल महासंघको वार्षिक कार्यक्रम अन्तर्गत दोश्रो राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा शुरु भएको छ। शीर्ष ६३ राष्ट्रिय बुद्धिचाल खेलाडी सहभागी रहेको प्रतियोगितामा बाकी ४ चरणको खेल भोलि सम्पन्न हुनेछ।
नेपाल बुद्धिचाल महासंघको वार्षिक क्यालेण्डर कार्यक्रम अन्तर्गत बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा पाँचौ चरणको खेल सम्पन्न भएको छ। प्रतियोगितामा एफएम क्षितिज भण्डारीले सबै खेल आफ्नो पक्षमा पारि पूर्ण ५ अंक जोडेर शीर्ष स्थान ओगट्न सफल बनेका छन्।
कूल नौ चरणको खेलवाट राष्ट्रिय र्यापिड चेस च्याम्पियन चुनिने स्पर्धामा आशिष् फूँयाल र सिएम शुश्रुत दहाल समान ४.५ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा उभिन सफल भएका छन्। भोलि हुने छैटौं चरणको खेलमा आशिषले सुरज महर्जन संग प्रतिस्पर्धा गर्नेछन् भने शुश्रुतले भण्डारी संग खेल्ने छन्।
यसैगरी सुजन काफ्ले, सुरज महर्जन, प्रकाशचन्द्र नेपाल, राजन सुवेदी , सिएम नवीन तण्डुकार र पुरुषोत्तम सिलवाल छ जना राष्ट्रिय खेलाडीले समान ३.५ अंक बनाउदै संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन्।
विश्व बुद्धिचाल महासंघ (फिडे) र एशियन चेस फेडेरेशनको तत्त्वावधानमा सञ्चालन भइरहेको दोस्रो राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताका विजेता खेलाडीले उपाधि संगसँगै नगद ३० हजार प्राप्त गर्नेछन् । खेलको उपविजेताले नगद २० हजार, तृतीयले १४ हजार, चौथो हुनेले ९ हजार, पाँचले ६ हजार र बाकी दशौं स्थान सम्म रहने प्रत्येक खेलाडीले ४-४ हजार पुरस्कार प्राप्त गर्नेछन्।
राष्ट्रिय र्यापिड प्रतियोगितामा सहभागी भएर उत्कृष्ट हुने ३ जना महिला खेलाडीले क्रमश: ७ हजार, ५ हजार , ३ हजार सहित उत्कृष्ट स्थानीय, उत्कृष्ट ५५ वर्ष माथिका भेट्रान, रेटिङ १७ सय मुनि, उत्कृष्ट अनरेटेड, उत्कृष्ट जुनियर वर्ष १२, १४,१६ सबै व्यक्तिगत विधाका खेलाडीलाई २ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ।
र्यापिड स्पर्धामा कूल नगद १ लाख ३१ हजार ५ सय प्रदान गरिनेछ। मध्यम गतिमा खेलिने र्यापिड खेलको लागि हरेक खेलाडीले १५ मिनेट पाउने छ भने प्रत्येक चालमा १० सेकेण्ड थपिनेछ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ