सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १९ मंसिर २०८१ / Wednesday, 04 December 2024

नेपाली काङ्ग्रेस ललितपुरद्वारा बाढी पहिरो पीडित परिवारलाई नगद राहत वितरण

प्रकाशित समय: मगलवार, १२ : ४३ बजे कार्तिक १३ गते



नेपाली काङ्ग्रेस ललितपुरद्वारा बाढी पहिरो पीडित परिवारलाई नगद राहत वितरण

ललितपुर,नेपाली कांग्रेस ललितपुरले अविरल बर्सातका कारण असोज ११ र १२ गते गएकाे बाढी पहिरोमा परि ललितपुरमा दिवंगत भएका व्यक्तिका परिवारलाई नगद राहत वितरण गरेको छ। ललितपुरका छवटा पालिकामा बाढी पहिरोका कारण ४६ जनाको मृत्यु भएको थियो। मृत्यु भएका व्यक्तिका परिवारलाई नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनही २५ हजारका दरले नगद राहत वितरण गरेका थिए। 

 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सहयोग तथा संयोजनमा सिन्धुपाचोक जिल्लाका स्थानीय तह बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकाले नगद सहयोग गरेको थियो। त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा विपद व्यवस्थापन कोषमा संकलित रकम २ लाख १५ हजार बागमती गाउँपालिका वडा नम्बर ६ आश्रमको सुकुम्बासी बस्तीका पीडित परिवारलाई दिने निर्णय गरेको छ। उक्त स्थानमा बागमती नदीले कटान गर्दा सुकुम्बासी बस्तीका १० घर बगाएको थियो। 

 

सरकारले ललितपुरका गोदावरी नगरपालिका, महाङ्काल गाउँपालिका कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिका यी चार स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। 

बाढी पहिरोका कारण महालक्ष्मी नगरपालिकामा पनि ठूलो धनजनको क्षति भएकाले महालक्ष्मी नगरपालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाली कांग्रेस ललितपुरले माग समेत गरेको छ।