सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

एकीकृत समाजवादीका जिल्ला सदस्य केसी कांग्रेसमा प्रवेश

प्रकाशित समय: शुक्रवार, ०१ : ०३ बजे कार्तिक १६ गते



एकीकृत समाजवादीका जिल्ला सदस्य केसी कांग्रेसमा प्रवेश

ललितपुर,नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का ललितपुर जिल्ला सदस्य अर्जुन केसी समाजवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संघीय सांसद उदयशमशेर राणाको उपस्थितिमा नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले केसीलाई क्रियाशील सदस्यता वितरण गरी कांग्रेसमा प्रवेश गराएका हुन्। 

 

केसीलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको सदस्यमा मनोनयन समेत गरिएको छ।

गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवरासी निवासी केसी तत्कालीन एमाले र एकिकृत समाजवादीका प्रभावशाली नेताका रुपमा चिनिन्थे।

 

प्रवेश कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका जिल्ला उपसभापति सुदर्शन घिमिरे, गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, सचिव वशिष्ठ अधिकारी, महाधिवेशन प्रतिनिधि शशी खड्का गुरुङ लगायतको उपस्थिति रहेको थियो।