बुटवल,सहकारी ठगी आरोपमा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज भैरहवा ल्याइएको छ ।
पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो ।
बिहान पौने ८ बजे को फ्लाइटमा पोखराबाट भैरहवा ल्याउने तयारीस्वरूप रविलाई बिहान ५ बजे नै पोखरा एयरपोर्ट लगिएको थियो । तर, मौसमको खराबीका कारण पोखराबाट जहाज उड्न नसक्दा लामिछानेलाई केही घण्टा ढिलो भैरहवा ल्याइएको हो ।
मौसममा सुधार भएपछि बुद्ध एअरबाट भर्खरै भैरहवा ल्याइएका लामिछानेलाई लगत्तै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा पुर्याएर बयान लिइने रुपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालले बताइन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ