सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ

प्रकाशित समय: बुधवार, ०१ : ०४ बजे कार्तिक २८ गते



कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले घुससहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलबार जिल्ला अदालत कपिलबस्तुका तहसीलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई पक्राउ गरेको हो ।
मिश्रलाई २० हजार रुपैयाँ र पाण्डेलाई ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।  
जारी गरेको विज्ञप्तिमा वेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ  । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।