काठमाडौं, ऊर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालमा उत्पादित विद्युत् स्वदेशमै खपत बढाउन विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् ।
मंगलवार काठमाडौंको कलापरिषद फोटो पत्रकार क्लबद्वारा आयोजित ‘पावरिङ नेपालः ऊर्जा क्षेत्रमा एशियाली विकास बैंकको पाँच दशक’ विषयक फोटो प्रदर्शनीको उदघाटन गर्दै राज्यमन्त्री तामाङले यस्तो धारणा राखेका हुन् ।
राज्यमन्त्री तामाङले नेपालले हालसम्म उत्पादित विद्युत् भारत र बंगलादेशलाई निर्यात गर्ने प्रयासमा रहेको उल्लेख गर्दै अब घरेलु खपत बढाउन नीति निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन ।
उनले भने, ‘अब विद्युत् बेच्नेभन्दा पनि नेपालमै यसको खपत गर्न आवश्यक छ। विशेष गरी विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिएर ऊर्जा खपतको क्षेत्रमा सुधार ल्याउन सकिन्छ ।’
उनले काठमाडौँ उपत्यकामा झन्डै तीन हजार पेट्रोल इन्जिनयुक्त ट्याक्सी र पोखरामा करिब २२ सय ट्याक्सी सञ्चालनमा रहेको जनाउँदै विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए । ‘विद्युतीय ट्याक्सी सञ्चालनका लागि ऊर्जा मन्त्रालयले विदेशी दातृ निकायहरूसँग सहकार्य गरेर योजना अघि बढाउनुपर्छ,’ तामाङले भने ।
‘पावरिङ नेपालः ऊर्जा क्षेत्रमा एशियाली विकास बैंकको पाँच दशक’ विषयक फोटो प्रदर्शनी मंसिर १८ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीले नेपालमा ऊर्जा क्षेत्रमा एशियाली विकास बैंकले गरेको पाँच दशकको योगदानलाई उजागर गर्ने आयोजकको विश्वास छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ