काठमाडौं,राष्ट्रि सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मानव अधिकारले वास्तविक रुपमा विपन्न र सिमान्तकृत समुदायको सवालहरुलाई समेटेको छ कि छैन भन्ने विषयमा गहिरो छलफल आवश्यक भएको बताएका छन् ।
आईतबार काठमाडौंमा १६ औं मानव अधिकार राष्ट्रिय महाभेला उद्घाटन गर्दै उनले मानव अधिकारले विपन्न र सामाजिक रुपमा पछाडी परेका क्षेत्रको अधिकारलाई संरक्षण गर्न सहयोग पु¥याएको छ कि छैन भन्ने विषयमा बहस हुन जरुरी भएको बताए ।
उनले भने, ‘मानव अधिकारको संरक्षण र संवद्र्धनका बारेमा कुरा गर्दा कसको मानव अधिकार भन्ने विषयमा समेत चर्चा गर्न आवश्यक छ । किनभने हामीले भनिरहेका मानव अधिकारले वास्तविक रुपमा विपन्न र सिमान्तकृत समुदायको मानव अधिकारका सवालहरुलाई समेटेको छ कि छैन यसलाई गहिरो गरि मनन् गर्न आवश्यक छ । हामीले भनेको मानव अधिकारले विपन्न र सामाजिक रुपमा पछाडी परेका क्षेत्रको अधिकारलाई संरक्षण गर्न सहयोग पु¥याएको छ कि छैन भन्ने विषयमा पनि यो भेलामा बहस हुन जरुरी छ ।’
यसको साथै, सामाजिक न्यायको अभावका कारण विपन्न समुदायहरुको शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायसम्म पहुँच पुग्न नसकेको भन्दै उनीहरुलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सक्रिय सहभागी बनाउनुपर्ने बताए ।
उनले भने, ‘सामाजिक न्यायको अभावका कारण विपन्न समुदायहरुले शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायसम्म पहुँच गर्न कठिनाई भोगि रहेका छन् । सिमानतकृत समुदायको अधिकार संरक्षणका लागि नीतिगत परिवर्तनका साथै उनीहरुलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सक्रिय सहभागी बनाउनुपर्छ ।’
यस्तै,मानव अधिकार संरक्षण र संवद्र्धनको विषय कुनै निश्चित दिन वा सप्ताहका रुपमा नभई वर्षको ३६५ दिन नै निरन्तर तथा सक्रिय रुपमा निगरानी गर्नुपर्ने साझा सरोकारको सवाल भएको पनि उनको भनाई छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ