सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ९ बैशाख २०८३ / Wednesday, 22 April 2026

ललितपुर महानगरले सुरु गर्यो एलएमसी गार्बेज अलर्ट एप

प्रकाशित समय: मगलवार, ०८ : २७ बजे पुष २ गते



ललितपुर महानगरले सुरु गर्यो एलएमसी गार्बेज अलर्ट एप

काठमाडौं,ललितपुर महानगरपालिकाले एलएमसी गार्बेज अलर्ट एप सार्वजनिक गरेको छ । 
मंगलबार महानगरको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीबाट एपको समुद्घाटन गरिएको हो । 
एप एनरोइड प्रयोगकर्ताहरुको लागि प्ले स्टोरमा उपलब्ध गराइएको छ भने आइओएस प्रयोगकर्ताले भने केही हप्तामा नै एप्पल स्टारेबाट डाउलोड गर्न सक्ने छन् । 
ललितपुरबासी सर्वसाधारणहरुले आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने गाडि कहाँ आइपुग्यो भनेर उक्त गाडिको वास्तविक स्थान (रियल टाइम ट्रयाकिङ)मार्फत थाहा पाउन सक्नेछन् । 
सर्वधारणले फोहोर व्यवस्थापन गर्न भोग्दै आएका समस्यालाई मध्यनजर गर्दै महानगरले एप सार्वजनिक गरेको हो । 
ललितपुरलाई स्मार्ट सिटी बनाउने उद्देश्यमा लागेको महानगरपालिकाको लागि यो अर्को एउटा खुड्किलो भएको छ ।