काठमाडौं,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकारले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउन आवश्यक रहेको बताएकी छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले दिगो विकासको लागि प्रविधिको आधुनिकिकरण महत्वपूर्ण भएको भन्दै वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनु पर्ने बताइन् ।
उनले भनिन्, ‘हामीले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउनु पर्नेछ र वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनु पर्नेछ । यसतर्फ सुनिश्चि गर्नुपर्ने चुनौती हाम्रो सामु रहेको छ । दिगो विकासको लागि प्रविधिको आधुनिकिकरण पनि महत्वपूर्ण छ ।’
यस्तै, उनले प्रतिष्ठानका मिशनहरुलाई अगाडि बढाउनका लागि मन्त्रालयको दृढ, अटल, संकल्प र सहयोग रहने विश्वास पनि दिलाएकी छन् ।
उनले भनिन्, ‘प्रतिष्ठानका मिशनहरुलाई अगाडि बढाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको दृढ, अटल, संकल्प र सहयोग रहने विश्वास दिलाउन चहान्छु । सँगै हामी अनुसन्धान र नविनताको लागि सक्षम वातावरण सिर्जना गर्ने प्रयास गर्ने छौ । जा विचार फस्टाउन सक्छन् र समाधानहरु देखा पर्न सक्छन् ।’
साथै, यस्तो पुरस्कार र प्रोत्साहनले प्रतिभाशाली अनुसन्धानकर्ता र आविष्कारकहरुको बलियो पाईपलाइन निर्माण गर्न सक्ने पनि उनको भनाई छ ।
उनले भनिन्, ‘यस्तो पुरस्कार र प्रोत्साहनले नेपाललाई समृद्ध भविष्यतर्फ डोराउने प्रतिभाशाली अनुसन्धानकर्ता र आविष्कारकहरुको बलियो पाईपलाइन निर्माण गर्न सकिन्छ । हामीले प्राप्त उपलब्धीहरु मनाउने क्रममा अगाडि रहेका चुनौतीहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको छ । नेपालमा अनुसन्धानको इको सिस्टमलाई सुदृढ पार्नुपर्ने एउटा महत्वपूर्ण चुनौती हाम्रो सामु छ ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ