मुगु । हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ्ग गाँउपालिका वडा.न २ मुगु गाउँमा चौरी तथा याकहरु केही साता यता अज्ञात रोगले धमा धम मर्न थालेपछि कृषकहरु निकै चिन्तामा छन् ।
हिमाली क्षेत्रका स्थानिय नागरीकहरुको आय आर्जनको स्रोत तथा मुगु गाउँका स्थानिय नागरिकहरुको यातायातको साधन दैनिक जीवनमा प्रयोग गरिने खाद्यान्न, ढुवानि गर्ने मुख्य साधन नै चौरी र याक भएको हुनाले पनि कृषकहरु बढि चिन्तामा छन् ।
चौरी र याकमा शुरुमा मुखबाट र्याल निकाल्ने, पातलो हरियो रङ्गको दिशा गर्ने, दिशामा हल्का रगत देखिने, घाँटी घ्यार घ्यार गर्ने, टाउको सुनिने, घाटी सुनिने एक ठाँउमा बसेको बसेई हुने जस्ता लक्षण देखिने २४ घण्टा भित्रमा याक तथा चौरिहरुको मृत्यु हुने गरेको छ ।
स्थानिय नजिकको सरकार मुगुम कार्मारोङ्ख गाँउपालिकाको पशु शाखाबाट कर्मचारी आए पनि कुनै प्रकारको औषधी उपलब्ध नभएको र अन्य सरोकारवाला निकायहरुबाट पनि चौरीको उपचारको लागी पहल नभएको देखिन्छ ।
यही रफ्तारमा याक र चौरीहरु मर्ने हो भने मुगालीहरुको घरवाहार बिहीन हुने देखिन्छ । अहिलेको बजारमा प्रति ठूलो चौरी, याकको मूल्य १ लाख २० हजारसम्म पर्छ । यो पटकको अज्ञात रोगले मुगुको मुगुगाँउका चौरी कृषकको ठूलो क्षती भएको मुगुम कामारोङ्ख २ मुगु गाँउका छोर्तेन लामाले बताएका छन् ।
स्थानियहरुले दुध खाने, मालसामान ढुवानि गर्ने यी चौरी र याक हुन सबै मरेपछि गाँउलेलाई ठूलो क्षेति हुने देखिन्छ प्रतेक घरका ४, ५ याक मर्ने गरेका छन् । अहिलेसम्म उपचार र औषधीका लागी स्थानिय सरकार गाँउपालिका र जिल्लामा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयमा खवर गर्दा पनि कुनै निकायबाट सुनुवाई नभएको गुनासो मुगुम कार्मारोङ्ख मुगुगाँउका कार्मा छिरीङ्ख लामाले बताएका छन् ।
गाउँपालिकासँग भएको जनशक्ती र औषधिले मात्र समस्या समाधान नहुने अवस्था छ । चौरीहरुको स्वाप संकलन गरि ल्यापमा परिक्षणका पठाउनु पर्ने भएकाले त्यसको लागि आवश्यक उपकरण जनशक्ती गाउपालिकामा नभएकाले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेशलाई सहयोग आग्रह गर्दै पत्र पठाएको मुगुम कार्मारोङ्ग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द रावलले बताए ।
पालिकाको पत्र पाउनासाथ घटना स्थल तर्फ हिडेको भेटनरी तथा पशु अस्पतालको चिकित्सक सहितको टोलि सिरानी चौरमा पुगिसकेको र माध्यामिक विधालय माग्रीमा पशु स्वास्थ्य प्राविधिक शिक्षा अध्यापन गराउने २ जना पशु चिकित्सक पनि पालिकाको आग्रह तथा समन्वयमा घट्ना स्थल तर्फ गएको छ ।
तीन तिरबाट गरि अहिले मुगु गाउँ तर्फ ७ सदस्यको चिकित्सक तथा प्राविधिक टोलि औषधि सहित गैसकेको छ चौरी हिमाल तिर रहने र गाँउमा नझरेकाले हिउँ पाटनहरुमा कति चौरी, याकहरु मरेका हुन एकिन डाटा आएको छैन् ।
अहिले सम्म अन्दाजि १ सय भन्दा बढी अज्ञात रोकबाट मरेको मौखिक खबर आएको हुदा अहिले घटना स्थाल तिर लागेको टोलीले एकिन डाटा र मर्नुको कारण पत्ता लगाउने पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका पशुपंछी विकास तथा उत्पादन शाखा मुगुका प्रमुख धन बहादुर बानियाले बताएका छन्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ