काठमाडौं ,सञ्चारिका समूह नेपालले पत्रकार महासंघका नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकारहरुलाई स्वागत गरेको छ । बुधबार एक विशेष समारोहकाबीच सञ्चारिका समूहले नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकार निर्मला शर्मा, नितु पण्डित लगायतलाई स्वागत तथा ज्ञापन पत्र प्रदान गरेको हो।
उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अहिले बनेको सरकारले आम नागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न नसके कुनै पनि सरकारले काम गर्न नसक्ने बताएका छन् । उनले एमाले र कांग्रेसको सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु भएको बताएका हुन् ।
उनले भने, ‘अहिले कांग्रेस र एमालेको सरकार बनेको छ । झण्डै दुई तिहाईको सरकार बनेको छ । यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न सकेन भने अब यो भन्दा बलियो फरक परस्थितीको अनुमान गर्न सक्ने र त्यसले रिजल्ट दिन सक्छ भनेर आशा गर्न सक्ने स्थिती हुँदैन । त्यसैले यो सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु हो।’
साथै उनले राजनीतिक दल एकिकृत भैइसकेपछि काम गर्ने छुट नरहेको बताए । उनले यो सरकार पनि काममा असफल भए कस्ले गर्छ भन्दै प्रश्न गरे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ