काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।
शुक्रबार प्रतिनिधि सभा अन्तरगतका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागिएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक कानून समितिको सभाकक्षमा दिनको १२ः१५ बजे बस्दै छ ।
यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बिहान ११ः०० बजे बस्दै छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ