सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, २ माघ २०८१ / Wednesday, 15 January 2025

पोखरास्थित सेती खोँचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

प्रकाशित समय: शनिवार, ०८ : ४१ बजे पुष १३ गते



पोखरास्थित सेती खोँचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

पोखरा । पोखरा महानगरपालिका–९ स्थित पार्वती टोल नजिकै खाँेचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ ।

बिहीबार बेलुका हिँड्ने क्रममा अचानक सेती खोँचमा खसेका स्थानीय ६१ वर्षीय उजीरबहादुर पुनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

पुन घरदेखि नजिकै हिड्ने क्रममा अचानक धाजाँ फाटेको ठाउँमा करिब १५ मिटर तल खोचमा खसेका थिए ।

सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोली तत्कालै परिचालन भई उनको सकुशल उद्धार गरिएको हो ।