काठमाडौं , उपप्रधान एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले देश परिवर्तन गर्नको लागि राजनीतिक स्थिरता आवश्यक भएको बताएका छन् ।
बिहिबार नेपाली काङ्ग्रेस सय दिने विशेष अभियान अन्तरगत आयोजित क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रममा उनले सोचे अनुसारको परिवर्तन ल्याउनको लागि राजनीतिक स्थिरता आवश्यक भएको भन्दै जनताले प्रश्न उठाउने अवस्था सिर्जना भएको बताए ।
उनले भने, ‘हामीले सोचे अनुसारको परिवर्तन ल्याउनको लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ । तर अहिले के देखिएको छ भने छिन छिनमा सरकार परिवर्तन हुन्छ त्यसपछि जनताले सरकारको त कति दिन हो हाम्रो लागि के काम गर्छ भन्ने खालको प्रश्न उठाउन थाल्यो ।’
यसको साथै, उनले नेपाललाई संकटबाट निकाल्ने पार्टी नेपाली काङ्ग्रेस नै भएको भन्दै संस्थापक नेताहरु जीवन त्याग गरेर प्राप्त गरेको अधिकारलाई जोगाएर राख्नु सबैको दायित्व भएको बताए ।
उनले भने, ‘नेपाललाई संकट पर्दा त्यो संकटबाट निकाल्ने पार्टी नेपाली काङ्ग्रेस नै हो । हाम्रो चुनौती भनेको के हो भन्दा हाम्रो संस्थापक नेताहरु देखि लिएर नेतृत्व गर्ने नेताहरुले जनताको अधिकारको लागि जीवन त्याग गर्नु भयो अब हाम्रो दायित्व के हो त भन्दा त्यो प्राप्त गरेको अधिकारलाई जोगाएर राख्नु हो ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ