काठमाडौं । गृह मन्त्रालयले १२ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौं सहितका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
सरुवा सूची अनुसार गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता ऋषिराम तिवारी काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने त्यहाँ रहेका जयनारायण आचार्यको मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको पनि गृह यस्ते मन्त्रालयमा कार्यरत गोगनबहादुर हमाललाई कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने त्यहाँका धर्मेन्द्रकुमार मिश्रलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै मन्त्रालयमा कार्यरत तुलसीबहादुर श्रेष्ठलाई सर्लाही, मन्त्रालयमै कार्यरत इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको झापा र दांगका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई सल्यानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ