सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

भूकम्पबाट सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

प्रकाशित समय: मगलवार, १० : १० बजे पुष २३ गते



भूकम्पबाट सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सतर्क रहन आग्रह गरेका छन् । 


बिहानै भूकम्प गएपछि प्रभानमन्त्री ओलीले सामाविक सञ्जालमार्फत भूकम्पबाट सतर्क रहन सबैलाई आग्रह गरेका हुन् ।

 
उनले लेखेका छन्,‘‘शुभप्रभात ! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला।’

 

नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु रहेर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।