सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरुरत छ : मन्त्री भण्डारी

प्रकाशित समय: बुधवार, ०५ : ४७ बजे पुष २४ गते



औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरुरत छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगको आवश्यकता औँल्याएका छन् ।

 

मन्त्रालयद्वारा आयोजित उद्योग इन्डस्ट्रि विषयक सरोकारवालाहरू सँगको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले उद्योग ४.० लागू गरी कम लागतमा उत्पादन र उत्पादकत्व बढाउँदै नेपाली बस्तुहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन आवश्यक भएको बताएका हुन् ।

 

उनले भने,‘आधुनिक प्रविधिको उच्चतम प्रयोगले वातावरणको संरक्षण हुनुका साथै श्रम तथा लागत पनि न्यूनीकरण हुने भएकाले निजी क्षेत्रले यसमा जोड दिन जरुरी छ ।’ उनले भने, ‘नेपाल कम विकसित मुलुकबाट विकसित तर्फ उन्मुख भइरहेको परिप्रेक्षकमा औद्योगिक क्षेत्रको तीव्र विकास जरुरी देखिन्छ । जसका लागि औद्योगिक विकासमा आधुनिक प्रविधिको उच्चतम प्रयोग आवश्यक छ ।’

 

आधुनिक प्रविधिको उच्चतम प्रयोगबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी छिमेकी देशहरूको बजार उपयोग गर्न सकेको खण्डमा छिट्टै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुने मन्त्री भण्डारीले विश्वास व्यक्त गरे ।

 

मन्त्रालयले व्यवसायीहरु समेतको सहभागितामा एक दिने उद्योग ४.० विषयक अन्तरक्रियाको आयोजना गरेको हो ।