काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन् ।
बुधबार विद्युत नियमन आयोगको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग र परिचालन गर्न नसके सम्पन्न देश बन्न नसक्ने बताएका हुन् ।
उनले भने , ‘हाम्रो के उपाय छ र ? गरिब देश हामीसँग भएको अधिकतम स्रोतलाई प्रयोग र परिचालन नगर्ने हो भने हामी कसरी सम्पन्न हुन सक्छौं ? जे नकारात्मक टिकाटिप्पणी आउँछन् त्यसलाई चिरेर स्रोतलाई अधिकतम प्रयोग गरेर अगाडि बढ्नुपर्छ । ’
यसैगरी उनले विद्युत क्षेत्रमा देखिएका समस्या सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताए । उनले अलमलिएका कुराहरुलाई निराकरण गरेर प्रविधिमैत्री वातावरण बनाउनुपर्ने बताए । उनले काम गर्ने शिलशिलामा सञ्चार माध्यमहरुमा गलत समाचार सम्प्रेषण भएकोमा आफ्नो ध्यानाकर्षण समेत भएको बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ