काठमाडौं । नेकपा एमालेबाट निष्काशित नेता डा. भीम रावलले देशको जगलाई भत्किन नदिन सबै देशभक्तहरु एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
बिहीबार पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले देश र जनताका लागि रगतको खोला बगाएका शहिदहरुको रगतको आडमा बसेर भष्ट्राचारको खेती गर्नेहरु मौलाइ रहेको बताएका हुन् ।
उनले भने ,‘हाम्रो देशका लागि पृथ्वी नारायण शाहले जुन अखण्ड जग बसाल्नु भएको थियो आज प्रत्येक देशभक्तहरुले त्यो जगलाई भत्किन नदिन यी जगका इटाहरु सर्वनासतिर जान नदिन एक भएर अगाडि बढ्नुपर्ने दिन आएको छ । देश र जनताको लागि हामी भन्दा अगाडिका शहिदहरुले रगत बगाएर गए । आज उनीहरुको रगतको आडमा बसेर भष्ट्राचारको खेती गर्नेहरु यहाँ मौलाइरहेका छन् ।’
यसैगरी उनले सरकार चलाउनेहरुले नै नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर रकम खाएको आरोप लगाए ।
उनले भने, ‘सरकार चलाउने र ठूला ठूला पदमा बस्नेहरुले नेपाली जनतालाई बेच्ने र नक्कली शरणार्थी बनाएर रकम खाने, जापानको विमानस्थलमा नेपालीलाई बेच्न मन्त्री आफैं जाने, सरकारी जग्गा हड्पिएर आफ्नो आफ्न्तहरुलाई बाड्ने, कुनै व्यक्ति विशेषको स्वार्थको लागि प्रधानमन्त्री कार्यालयले कुनै अपुग कथित सञ्चार विज्ञको हतियार बन्ने यस्तो घिन लाग्दो काम गर्दै आएका छन् ।’
साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखामा पट्टी बाँधेको शासकको संज्ञा दिएका छन् । रावलले ओलीले सबै जनता मुर्ख छन्, म मात्रै सर्वज्ञ हुँ भन्ने भाव प्रस्तुत गरिरहेको बताएका हुन् ।
उनले भने , ‘कतिपय मान्छेहरु भन्छन्, हामीले त सरकार संविधान संशोधनका लागि ल्यायौं । तर, यदि मेरो आँखा र कानले धोका दिएको छैन भने, देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ सालमा हुन्छ । आश्चर्य लाग्छ, सरकारमा म पनि गएको थिएँ । तर, यतिसाह्रो आँखामा पट्टी लगाएर, जनता सबै मुर्ख छन्, म मात्रै सर्वज्ञाता छु भन्ने यस्तो कुनै देशको शासक हुन्छ भन्ने मलाई लाग्दैन ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ