सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति

प्रकाशित समय: आइतवार, ०१ : २१ बजे पुष २८ गते



ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति

ललितपुर ः पाटन अस्पतालमा रहेको शव गृहको स्तरोन्नति गरिएको छ । ललितपुर  महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति गरेको हो । ४ वटा शव राख्न मिल्ने उक्त गृहमा अब २४ वटा लास राख्न सकिन्छ ।  

थपिएको शव गृहको बारेमा जानकारी दिन आइतबार अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले मृत्युपछि पनि मानिसको सम्मान गर्न महानगरले शव गृहको स्तरोन्नतिको लागि सहयोग गरेको बताए । महानगरले स्वास्थ्य र शिक्षालाई प्राथमिकता राखेको बताउँदै भने, भने‘ पाटन अस्पताल र चिडियाघरलाई कुनै पनि कुरा कमि हुन दिन्नऔंँ । ’ पाटन अस्पतालसँग कोभिडको बेला पनि महानगरले सहकार्य गरेको स्मरण गर्दै  बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र यल स्वास्थ्य केन्द्र संचालनका लागि पनि महानगरले पाटन अस्पतालसँग सहकार्य गरेका बताए । पुल्चोकमा रहेको प्रथम सेवा केन्द्रमा घुइँचो बढेको बताउँदै महानगरले अर्को उपयुक्त ठाउँमा पनि अर्को केन्द्र खोल्ने तयारी गरेको जानकारी दिए । 

अस्पतालका डाइरेक्टर  प्रा. डा. रवि शाक्यले शव गृहको स्तरोन्नतिका लागि अपस्पतालसँग सहकार्य गरेकोमा महानगरलाई धन्यवाद दिए । झट्ट हेर्दा यो सामान्य विषय जस्तो लागे पनि मृत्युपछि पनि धेरैवटा विषयलाई ध्यान दिनुपर्ने उनले बताए । उनले भने, ‘कहिले काहि ं लास माथि लाख खप्टेर राख्नु पथ्र्यो, अब त्यस्तो अवस्था आउँदैन । ’ लास खप्टेर राख्दा छिटो कुहिनेदेखि विभिन्न खालका समस्यासँग झेल्नु पथ्र्यो । 

अस्पतालका फरेन्सिक विज्ञ डा. सम्झना घिमिरेले मृत्युपछि सम्मान दिनका लागि शव गृहलाई व्यवस्थित बनाउन आवश्यक भएको बताउँदै महानगरले सहयोग गरेको धन्यवाद दिइन् । उनले भनिन् , ‘झट्ट हेर्दा लासलाई किन राम्रो ठाउँ चाहियो र जस्ता लाग्छ, तर , त्यसो होइन, लासको पनि सम्मान गर्नुपर्छ , त्यति मात्रै होइन, व्यवस्थित हुँदा काम गर्ने वातावरण पनि हुन्छ । ’ विपद्का बेला अझै लाश राख्ने ठाउँको अझै हुने बताउँदै नयाँ बन्ने भवनमा अर्को शव गृह निर्माणको लागि पनि उनले पालिकालाई अनुरोध गरिन् । भनिन् , ‘ असोजको बाढीमा हामीलाई अघि गाह्रो भएको थियो । ’

अस्पतालका प्रशासन प्रमुख प्रकाश खड्काले नगरप्रमुख र नगरपालिकाले पाटन अस्पतालको आवश्यकता पहिचान गरेर सहयोग गरेकोमा धन्यवाद दिए । उनले भने, ‘ पाटन अस्पताल अस्पताल मात्रै होइन, यो स्वास्थ्य क्षेत्रको विश्वविद्यालय हो, धेरै धेरै धन्यवाद ’