सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

ललितपुरको टाहाखेल-टिकाभैरव सडक माघ ११ र १२ साँझ-बिहान अवरुद्ध हुने

प्रकाशित समय: बिहिवार, ०८ : १३ बजे माघ १० गते



ललितपुरको टाहाखेल-टिकाभैरव सडक माघ ११ र १२ साँझ-बिहान अवरुद्ध हुने

ललितपुर,ललितपुरको टाहाखेल-टिकाभैरव सडक माघ ११ र १२ गते साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द हुने भएको छ। 

गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण बाढी पहिरोले टाहाखेल-टिकाभैरव सडकमा ठूलो पहिरो गई सडकमा क्षति पुगेको थियो। पहिरोले माटो थुप्रिएर सडक साँघुरो भएकोले उक्त सडकमा रहेको माटो पन्छाएर सवारी आवागमनलाई थप व्यवस्थित गर्न दुई दिन राति सडक बन्द गर्न लागिएको गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले बताए। 

 

नगरपालिकाले सडक पूर्णरूपमा बन्द गरी सडकमा थुप्रिएको माटो पन्छाउने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आवान समेत गरेको छ। 

 

गत असोज ११ र १२ गते को वर्षा पछि आएको पहिरोले रोकिएको सडक नगरपालिकाले लगातार दुई दिन डोजर चलाएर एकतर्फी सडक सञ्चालनमा ल्याएको थियो।