सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

राजनीतिक स्वार्थको लागि माओवादीले व्यक्ति हत्या गरेको अध्यक्ष थापाको आरोप

प्रकाशित समय: बुधवार, ०५ : ३१ बजे माघ १६ गते



राजनीतिक स्वार्थको लागि माओवादीले व्यक्ति हत्या गरेको अध्यक्ष थापाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले व्यक्तिगत राजनीतिक स्वार्थ परिपूर्तीको लागि हजारौंको संख्यामा माओवादीहरुले व्यक्ति हत्या गरेको आरोप लगाएका छन् ।

 

बुधबार ८५ औं शहिद दिवसको अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले माओवादीहरुले गरेको व्यक्ति हत्यामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरु पनि धेरै ठूलो संख्यामा सहिद भएको बताए ।

 

उनले भने, ‘निज राजनीतिक स्वार्थ परिपूर्तीको लागि हजारौंको संख्यामा माओवादीहरुले व्यक्ति हत्या गरे । त्यो व्यक्ति अत्याको श्रिंखलामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरु पनि धेरै ठूलो संख्यामा शहीद भएका छन् । माओवादी आतंकको शिकार भएका छन् ।’

 

यसको साथै, उनले देश परिवर्तनको क्रममा ज्यान गुमाउने शहीदहरुलाई सधैँ सम्झिनु पर्ने पनि बताए ।