ललितपुर,ललितपुरको महाङ्काल गाउँपालिका वडा नं ५ चन्दनपुर स्थित टुङ्गन खोलामाथि बनेको पुल उद्घाटन गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री माननीय रामनाथ अधिकारी र ललितपुर क्षेत्र नम्बर १ का सङ्घीय सांसद उदयशमशेर राणाले संयुक्त रुपमा उक्त पुलको उद्घाटन गरेका हुन्।
उद्घाटनपछि बोल्दै मन्त्री अधिकारीले देशैभरका कृषि सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए। उनले चिया, कफी, जडीबुटी र पशुपन्छी पालनको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए।
संघीय सांसद् उदय शम्शेर राणाले प्रदेश सरकारमा योजना पुगेपछि रोकिएको भन्दै नयाँ नेतृत्व आएपछि पुलको काम सम्पन्न भएको बताए ।
उनले भने, ‘धेरै पहिले नै हामी सबै राजनीतिक दलका राजनीतिक कर्मीहरु मिलेर पुल निमार्णमा लाग्यौं । संघीय सरकार मार्फत हामीले काम सुरु गरेका थियौं, तर प्रदेशमा गएपछि तीन बर्षसम्म काम रोकियो । फेरी देशमा नयाँ नेतृत्व आएपछि पुलको काम सम्पन्न भयो । त्यसको दुई महिना पछि बाढि आयो । यो पुल नबनेको भए चन्दनपुर बजार बाकी रहदैनथ्यो।’
उनले ललितपुर, रौतहट वैकल्पित राजमार्गको रुपमा काम भैइरहेको पनि बताए । यस्तै महाङ्काल गाउपालिकाका अध्यक्ष गणेश बहादुर केसीले गाउँपालिकामा धेरै ठुला ठुला खोलाहरु भएको तर पुल कतै नभएको बताए ।
उनले भने,‘यहाँ दुर्लुङ खोला, टुङ्गन खोलासहित धेरै ठुला ठुला खोलाहरु छन् । यी खोलाहरुमा कहिँकतै पुल छैन, यहाँ एउटा पुल बन्यो तर बाढिले पुलसँगै झण्डै ज्यानै लग्यो।’ २०७७ भदौ १७ बाट काम सुरु भएको पुल निर्माण कार्य २०८१ भदौ २५ गते सम्पन्न भएको थियो।
आत्रेय निर्माण सेवा प्रा.ली. सिन्धुलीले टेन्डर पारी कुल ३ करोड ३२ लाख ३५ हजार ३१५ रुपैयाँ ३३ पैसामा काम सम्पन्न गरेको वडा नम्वर ५ का वडा अध्यक्ष भूमिनन्द घिमिरेले बताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ