ललितपुर,देशैभर स्वतन्त्र विद्यार्थी युनियनको मतदान प्रक्रिया सुरु रहँदा ललितपुरको कान्तिपुर इन्जिनियरिङ कलेजमा भने चुनावी प्रक्रिया नै सुरु भएको छैन।
माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले चुनावी प्रक्रिया चलिरहँदा विभिन्न बहाना बनाई प्रक्रियामा अवरोध गरेपछि चुनावी प्रक्रिया स्थगित भएको हो।
नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी संगठन लगायतले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा भाग लिन उम्मेदवारी दर्ता गरेका थिए।
मतदानका लागि अन्तिम तयारी भइरहँदा अनेरास्ववियु क्रान्तिकारीले विद्युतीय मतदान यन्त्र चाहिने, दाबी विरोधको समय सकिएपछि अनावश्यक मागहरू राखी निर्वाचन समितिलाई पत्र बुझाएको र नमुना मतपत्रमा हस्ताक्षर समेत नगरेपछि कलेजमा हुने स्ववियु निर्वाचन अन्योल बनेको छ।
नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन लगायत विद्यार्थी संगठनले चुनावी प्रक्रिया तत्काल अगाडि बढाउन माग गरेको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले समयमा नै निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै कलेज प्रवेशद्वारमा तालाबन्दी समेत गरेको छ।
अनेरास्ववियुले स्ववियु निर्वाचनमा नमुना मतपत्रको सहमतिमा अखिल क्रान्तिकारीद्वारा असहमतिको सुरुवात गरी नाटकीय ढङ्गबाट निर्वाचन नामावली प्रकाशित भइसकेपछि मौन अवधिमा कलेज प्रशासनलाई विज्ञप्ति बुझाई चुनाव बिथोल्ने दुष्प्रयास अपाच्य र अक्षम्य भएको बताएको छ।
तोकिएको मिति र समयमा निर्वाचन गराउन कान्तिपुर इन्जिनियरिङ्ग कलेज प्रशासनसँग जोडदार माग समेत गरेको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ