काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा अराजकता देखाएर राजावादीहरुको आफ्नो चरित्र देखाएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले १२ वर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेको जस्तै राजावादीहरुले तीनकुनेका अहिले मण्डले अराजकता देखाएको बताए ।
उनले भने, ‘मैले आज यहाँ बोल्दैगर्दा मंैले सुरक्षा निकायसँग लगातार बुझिराखेको छु । १२ वर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेकोजस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ । तीनकुने अहिले मण्डले अराजकताको । सबै प्रतिगामी निरङ्कुश्तावादीहरुको एउटा प्रतिक जस्तो बनेको छ । त्यहाँ घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा प्रहार गरेका छन्, मण्डलेहरुले । उनीहरुले चाहेका छन् केही मान्छे मरुन् र देशैभरी आतंक मच्चियोस् भन्ने चाहेका छन्, त्यो राजावादीहरुको चरित्र हो ।’
यस्तै, उनले राजावादीहरु वातावरणलाई धमिलाउन, उत्तेजित र आतंकित पार्ने मनसायले आएको पनि बताए ।
उनले भने, ‘एकातिर गणतन्त्रवादीहरुको विरोध सभा अर्कोतिर राजावादीहरुको प्रतिगामी सभा एकै दिन पारियो, आजको दिन सबैभन्दा पहिला गणतन्त्रवादी मोर्चाको हैसियतले हाम्रो मोर्चाबाट चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने र सभा गर्ने घोषणा गरिएको थियो । हामीले घोषणा गरेपछि राजावादीहरुले पनि आजकै दिन प्रदर्शन र सभा राख्ने घोषणा गरे । त्यसबाट उनीहरु कही न कही वातावरणलाई धमिलाउन चाहने, उत्तेजित र आतंकित पार्ने मनसाय देखिएकै थियो ।’
यसको साथै, उनले ज्ञानेन्द्र शाहलाई विगतमा धेरै गल्ती गरेको परिणाम उनले भोगिरहेको भन्दै अब अर्को गल्ती गरेभने उनले भोग्न केही पनि बाँकी नरहने भन्दै खबरदारी गरेका छन् ।
उनले भने, ‘म चुनौतीको साथ फेरि भन्न चाहन्छु । नेपाली जनता र नेपालको राजनीतिक दलहरुको उद्धारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडी फर्काउने दुष्साहस नगरियोस, मैले ज्ञानेन्द्र शाहलाई मधेशमा अभियानमा अगाडि बढ्दै गर्दा भनेको थिए विगतमा उनले धेरै गल्ती गरे र त्यसको परिणाम उनले भोगि रहेका छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाकी रहदैँन् खबरदार ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ