सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १५ बैशाख २०८२ / Monday, 28 April 2025

तितरवितर भएका आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रिए

प्रकाशित समय: शुक्रवार, ०७ : ३९ बजे चैत्र १४ गते



तितरवितर भएका आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रिए

काठमाडौं । तीनकुनेबाट तितरवितर भएका राजावादीहरु विभिन्न ठाउँमा आगजनी र तोडफोडमा उत्रिएका छन् ।

प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । तीनकुनेबाट प्रदर्शन गर्दै जडिबुटी क्षेत्र पुगेका उनीहरुले कम्पनीमा आगो लगाएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

त्यस्तै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घेराबाहिर झाडीमा आगलागी भएको छ । सिनामंगलमा रहेको पेट्रोल पम्प नजिकै आगलागी भएको हो । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । राजावादी समूहको प्रदर्शनकारीले  लगाएको हुनसक्ने आशंका गरिएको छ ।