सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

महाङ्काल गाउँपालिकाको बिमिरेचौर नजिक भीषण आगलागि सावधानी अपनाउन आग्रह

प्रकाशित समय: मगलवार, १२ : १६ बजे चैत्र १८ गते



महाङ्काल गाउँपालिकाको बिमिरेचौर नजिक भीषण आगलागि सावधानी अपनाउन आग्रह

ललितपुर,ललितपुरको महाङकाल गाउँपालिकामा भीषण आगलागि भएको छ। गाउँपालिका वडा न.२ बुखेल स्थित बिमिरे चौर मुनीबाट लागेको आगो अहिले बस्ती नजिक पुगिसकेको छ। 

 

वडा नम्बर २ कतवन र वडा नं १ बिमिरेचौर आसपासका बस्तीमा आगोले क्षति पुर्‍याउन सक्ने जोखिम बढेको छ। 

 

गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का वडा अध्यक्ष जोनी कुमार न्यासुरले क्षति हुनबाट जोगिन र आगलागि नियन्त्रणका लागि सबै समक्ष सहयोगको अपिल गरेका छन्।

अध्यक्ष न्यासुरले हावाहुरी चलेको र आगालागिले उग्र रूप लिएकाले सावधानी अपनाउन सबै समक्ष आग्रह समेत गरेका

छन्।