सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

हुलाकी सडक अन्तर्क्रिया अभियान: काँग्रेस प्रवक्ता डा. महतले गरे सप्तरीबाट अभियान प्रारम्भ

प्रकाशित समय: मगलवार, ०९ : ४३ बजे चैत्र २५ गते



हुलाकी सडक अन्तर्क्रिया अभियान: काँग्रेस प्रवक्ता डा. महतले गरे सप्तरीबाट अभियान प्रारम्भ

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले तराई–मधेसका जिल्लामा हुलाकी राजमार्ग अन्तर्गतका काँग्रेस नेता कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया अभियान सुरु गरेका छन्।

अभियानको शुरुवात मंगलवार सप्तरीबाट गरिएको हो। महोत्तरीसम्म पुग्ने यो अभियानमा  विकास प्रेमी नेता डा. महतसँगै पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, उर्मिला केसी नेपाल, मदनकृष्ण श्रेष्ठसहित काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख र पदाधिकारीहरू पनि सहभागी छन्।

प्रवक्ता महतले यो अभियानले गाउँ तहका नेताकार्यकर्तासँग केन्द्रका नेताहरूको सम्बन्ध बलियो बनाउने र पार्टीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।