ललितपुर, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सहरलाई विकसित र समृद्ध बनाउन असल अभ्यासहरुको आदान प्रदान आवश्यक र महत्वपूर्ण हुने बताएका छन् ।
नेपाल र चीनको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेकोे उपलक्ष्यमा आयोजित नेपाली उत्पादनको प्रदर्शनीमा सहभागी हुन ललितपुर महानगर प्रमुख महर्जन आफ्नो प्रतिनिधिमण्डलसहित चीन गएका थिए । ललितपुर महानगर र चीनको हाङजोउ शहरले एक अर्काको असल अभ्यास आदान प्रदान गर्न सक्ने बताए । उनको प्रतिनिधिमण्डलमा वडा नं५का वडा अध्यक्ष तथा उद्योग, पर्यटन समितिका संयोजक विकासमान श्रेष्ठ र वडा नं६ का वडा अध्यक्ष तथा उक्त समितिका सदस्य रुपेन्द्रराज शाक्यलगायत रहेका छन् । उक्त प्रदर्शनीको उद्घाटन महानगर प्रमुख, हाङजोउ सहरका उपप्रमुख वई छ्याङग र चीनका लागि नेपालका राजदुत डा.कृष्णप्रसाद ओलीले गरेका थिए ।
ललितपुर महानगर कला, संस्कृति र सम्पदाले सम्पन्न नगर भएको भएको बताउँदै महानगर प्रमुख चिरीबाबु महर्जनले नेपाललाई अन्तर्राष्ट्रियमा स्तर परिचित बनाउन कला, संस्कृति र सम्पदा महत्वपूर्ण भएको प्रष्ट पारे । दुई सहरबीच एक अघि भगिनी सम्बन्ध भएको बताउँदै ललितपुर महानगर फेरि पनि भगिनी सम्बन्ध कायम गर्न इच्छुक भएको बताए ।
बुद्ध र अरनिको जन्मस्थल नेपालबाट चीनका जनताका लागि शुभेच्छा र आर्शिवादसहित आफ्नो प्रतिनिधि मण्डल चीन आएको बताए । उनले चीनका जनतालाई ललितपुरको कला, सम्पदा र संस्कृतिको अवलोकन गर्न निम्तो दिए।
हाङजोउ सहरका उपप्रमुख वई छ्याङगले बुद्धिजम, कला र संस्कृतिले नेपाल र चीनको सम्बन्धलाई बलियो बनाएको बताए । सामाजिक, सांस्कृतिक र आर्थिक सहयोग आदान प्रदानका लागि यो प्रदर्शनी महत्वपूर्ण आधार भएको उनको भनाई थियो । उनले कला संस्कृति र सम्पदाको सहर ललितपुरका प्रमुख चिरीबाबु महर्जनलाई आफ्नो सहरमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए । यो प्रदर्शनी नेपाल र चीनको जनताबीच सम्बन्ध स्थापित गर्ने, सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भएको बताए ।
चीनका लागि नेपालका राजदुत डा.कृष्ण प्रसाद ओलीले यो कार्यक्रम नेपालको समृद्धि कला, संस्कृति र उत्पादनलाई परिचित गराउने महत्वपूर्ण प्लेटफर्म भएको बताए । यो प्रदर्शनीका निर्देशक वाङ मिनछ्याङले यो कार्यक्रमले दुई शहरबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ