ललितपुर, गोदावरी नगरपालिकाको वडा नम्बर १ ले बालमैत्री स्थानीय शासन घोषणा अभियान सुरु गरेको छ । १४ वटा वडा रहेको गोदावरी नगरमा 'सम्मानित बालापन सुनिश्चित बालअधिकार - बालमैत्री तथा समुन्नत गोदावरीको आधार'भन्ने मुल नाराका साथ गोदावरी नगरपालिका भित्र मात्रै नभएर ललितपुरमै पहिलो बालमैत्री वडा घोषणा भएको हो ।
वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका- २०७८ र बाल मैत्री स्थानीय शासन घोषणा कार्यबिधि - २०७९ अनुसारका ५१ वटा सुचकहरु पुरा गरेको छ ।
वडाले बाल बचाउको क्षेत्रमा १४ सुचक, संरक्षणको क्षेत्रमा १० वटा सुचक, बाल बिकासमा ६ वटा सुचक, सहभागीमा ६ र सस्थागतमा जम्मा १५ वटा गरि ५१ वटा सुचक पूरा गरेको छ ।
२०८० पौष महिना देखी बालमैत्री अभियान सुरु गरेको ९ वटा टोलका १९ सय घर धुरीमा ८ हजार ३ सय जनसंख्या रहेको वडा अध्यक्ष श्रीराज थापाले बताए। अध्यक्ष थापाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका र कार्यविधिलाई लगातार पालना गरी बाल अधिकार सम्बन्धी योजनाहरू कार्यान्वयन गरिने बताए।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद उदयशमशेर राणाले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दा बालबालिकाहरूलाई सामाजिक क्षेत्रमा घुलमिल बनाउने, भविष्यमा समाजसेवाप्रति प्रेरित गर्ने र समाजमा रहेका समस्याप्रति विरोध मात्र नगरिकन समाधानमा समेत प्रेरित गराउने बताए।
बागमती प्रदेश सभा सदस्य मधुसुदन पौडेलले ललितपुरको पहिलो बालमैत्री स्थानीय शासन युक्त वडा हुन सफल भएकोमा बधाई दिए। उनले अभियानलाई निरन्तरता दिन बागमती प्रदेशबाट सबैखाले सहयोग हुने बताए।
नगर प्रमुख गजेन्द्र महर्जनले वडा नम्बर १ बाट सुरु भएको यो बालमैत्री अभियानलाई नगरपालिकाका १४ वटै वडामा सम्पन्न गर्ने बताए। साथै नगर प्रमुख महर्जनले छिट्टै बाल मैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गरिने जानकारी दिए।
प्रमुख महर्जनले बालमैत्री स्थानीय शासन कार्यक्रम निरन्तरता र दिगोपनका लागि चाहिने पूर्वाधारमा आगामी वर्षको बजेटबाटै प्रमुख प्राथमिकता दिइने बताए।
कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका उपप्रमुख रामलाल थिङ, गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, नगर बाल सन्जालका अध्यक्ष लगायतले मन्तव्य राखेका थिए।
गोदार गाउँमा रहेको गणेश मन्दिरबाट सुरु भएको प्रभात फेरि गोदामचौरमा गएर कार्यक्रममा परिणत भएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ