ललितपुर,कांग्रेस निटक बुद्धिजिवीहरु आवद्ध नेपाल प्रजातान्त्रिक महासंघ ललितपुरको तदर्थसमितिले पूर्णता पाएको छ । कानुन व्यवसायी अधिवक्ता- प्रेम कुमार अधिकारीलाई संयोजक तोकेर तदर्थ समिति गठन गर्न केन्द्रले जिम्मेवारी दिएको थियो। जस अनुसार अधिवक्ता- प्रेमकुमार अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमितिले पूर्णता पाएको हो ।
महासंघको उपाध्यक्षमा रामसुन्दर के सी र महासेनानी रघुबर राज थापा (अ प्रा ) सचिवमा बिनोद डङ्गोल, सह–सचिवमा मङ्गल थापा कोषाध्यक्षमा शशी खड्का चयन भएका छन् । त्यस्तै महासंघको प्रबक्तामा केदारनाथ दहाल चयन भएका छन् ।
महासंघको सदस्यहरुमा रमेश भण्डारी, प्रेम बहादुर देशार, रामकाजी अवाले, केदार थापा, राजु ताम्राकार, अधिवक्ता- लक्ष्मण थापा, अधिवक्ता- सुमन कुमार के सी, सुरेश थापा, जनक लामा, तुलसी संजेल, उमेश महर्जन, मधु थापा, झञ्ज बहादुर गोले, शोभाकर दवाडि, कृष्ण रिजाल, रुकु सापकोटा, धन कुमारी थापा मगर र तारा लामिछाने थापा चयन भएका छन् ।
त्यस्तै महासंघको सल्लाहकारमा गणेश सिलवाल, बशिष्ठ अधिकारी, प्रहलाद कुमार महत, बाबु राजा महर्जन र नरेश कुमार श्रेष्ठ रहने व्यवस्था गरिएको छ ।
नवगठित महासंघले पहिलो परिचयात्मक भर्चुअल बैठकसमेत सम्पन्न गरेको छ। नेपाल प्रजातान्त्रिक महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद शर्माको प्रमुख आथित्यतामा सुरु भएको भर्चुअल बैठकमा केन्द्रीय महासचिव भक्तराज भुसाल लगायत विभिन्न प्रवेशका प्रदेश संयोजकहरुको सहभागिता रहेको थियो।
बैठकमा केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद शर्माले महासंघको स्थापनाका विषयमा प्रष्ट पारेका थिए। भने महासचिव भुसालले संगठनात्मक गतिविधिका विषयमा प्रष्ट्याएका थिए।
अध्यक्ष अधिकारीले केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद शर्मा, महासचिव भक्त राज भुसाल,नेपाली काँग्रेस ललितपुरका पार्टी सभापति,नेपाली कांग्रेस ललितपुरमा विभिन्न पदमा रहनुभएका नेता गणहरु, समाजसेवी ज्यूहरु,नवगठित कार्यसमितिका साथीहरु प्रति हार्दिक कृतज्ञता एबम् धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई उपाध्यक्ष रामसुन्दर केसीले स्वागत गरेका थिए भने कार्यक्रम संचालन सचिव विनोद डङ्गोलले गरेका थिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ