सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १२ जेठ २०८२ / Sunday, 25 May 2025

पाटन क्याम्पस स्ववियु सभापतिमा रोहित कपालीको शानदार इन्ट्री

प्रकाशित समय: आइतवार, ०८ : ५९ बजे बैशाख २१ गते



पाटन क्याम्पस स्ववियु सभापतिमा रोहित कपालीको शानदार इन्ट्री

ललितपुर, पाटन संयुक्त क्याम्पसमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका रोहित कपालीले शानदार जित हासिल गरेका छन्। 

 

गत चैत ५ गते भएको निर्वाचनमा मतदान सुरु भएको केही समयमा विवाद उत्पन्न भएको थियो। विद्यार्थी संगठन बीच विवाद उत्पन्न भएपछि क्याम्पस प्रशासनले मतदान स्थगन गरी निर्वाचनको मिति पछि सारेको थियो। ७ हजार ४९४ मतदाता विद्यार्थी रहेको क्याम्पसमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा १,७७४ मत खसेको छ । 

 

खसेको मत मध्ये नेपाल विद्यार्थी सङ्घका रोहित कपालीले ९०६ मत प्राप्त गरी विजयी भएका हुन्। उनले आफ्ना प्रतिस्पर्धी लाई ५४१ फराकिलो मतले पराजित गर्दै पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा शानदार इन्ट्री गरेका हुन्। 

 

उनका निकटतम प्रतिस्पर्धी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका तिलक बहादुर कुमालले ३६५ मत पाए। सचिवमा नेपाल विद्यार्थी सङ्घका रूपक न्यौपानेले ५४७ मत ल्याई विजयी भए। उनका प्रतिस्पर्धी का नितिन पाण्डेय ४८६ मत पाए। 

त्यस्तै कोषाध्यक्षमा नेविसंघका प्रज्वल तामाङले ५९२ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी सुषमा शाहीले ४४९ मत ल्याइन्। 

 

सदस्यहरूमा ८ जनामध्ये ७ जना नेविसंघले जित हात पारेको छ। जसमा राम दाहाल ७७२, दिपेन्द्र अग्रजा मगर ६११, प्रहलाद कटुवाल ५९९, ऋषभ भगत ५१६, जेनिस शाह ५४३, रोशन खत्री ५१६ र विशाखा घिमिरे ले ४२० मत ल्याएर स्वतन्त्र विद्यार्थी युनियनको सदस्य पदमा निर्वाचित भए। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका माधव पौडेल भान्जाले ४६१ मत ल्याएर सदस्यमा निर्वाचित भए। 

 

बाँकी पुरै प्यानल नेपाल विद्यार्थी सङ्घले जितेको हो। 

त्यस्तै समानुपातिकतर्फ नेपाल विद्यार्थी सङ्घले पाँच सदस्य पाउने निश्चित नवनिर्वाचित स्ववियु सभापति रोहित कपालीले बताए।