ललितपुर , ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना भएको बताएका छन् ।
ललितपुर महानगरपालिकाले निर्माण गरेको शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि नपर्ने बताएका हुन् ।
उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना हुन् । सत्यमोहन जोशी ललितपुर महानगरपालिकाकामा जन्मिनु हाम्रो लागि सौभाग्य हो । ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि पर्दैन । सत्यमोहन जोशीको नाममा कुनै पनि काम कुरो गर्दा हामी सदा सर्वदा तयार छौं । यसमा घरपरिवारको पनि सहयोग चाहिन्छ । घरपरिवारको सहयोग बिना कुनै पनि काम गर्न हामी सक्दैनौं ।’
साथै उनले ललितपुर महानगरपालिकाले मुलुकमै पहिलो हुने गरि धेरै कार्यहरु गर्दै आइरहेको बताए ।
उनले भने, ‘ललितपुर महानगरपालिका धेरै कुरामा अग्रसर भएर मुलुकमै पहिलो हुने धेरै कार्यहरु गर्दै आइरहेको छ । ललितपुर महानगरपलिका सत्यमोहन जोशीको जिवित अवस्थामै उहाँको १० रुपैयाँको हुलाक टिकट निकाल्नमा समेत सफल भयो । तर ललितपुर महानगरपालिकाको एउटा नागरिक भएको नाताले हामी ललितपुर महानगरपालिका ज्याँदै नै खुसी छौं । भगवानले नै उहाँलाई ललितपुर महानगरपालिकामा जन्म गराइँदिनुभएको हो की जस्तो लाग्छ ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ