काठमाडौं , काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज बिहान ६ ः ५० बजे काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।
दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भएको हो ।
तर ६ वटा दमकलको प्रयासपछि बिहान ८ बजेर ५३ मिनेटमा आगो नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।
उनले भने, ‘बिहान ६ ः ५० बजे काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी भएको हो । त्यो आगो पछि छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भयो । तर ६ वटा दमकलको प्रयासपछि बिहान ८ बजेर ५३ मिनेटमा आगो नियन्त्रणमा लिइएको छ । एक जना अन्दाजी ७० वर्षकी महिलाको मृत्यु भएको छ जसको नाम खुल्न सकेको छैन । एक जना अन्दाजी ३८ वर्षकी महिलाको ट्रमा सेन्टरमा उपचार भैइरहेको छ ।’
साथै उक्त आगलागीमा परि एक जना महिलाको मृत्यु भएको छ , भने एक जना घाइतेको ट्रमा सेन्टरमा उपचार भैइरहेको बोहराले बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ