सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १ माघ २०८२ / Wednesday, 14 January 2026

सुनगाभा साहित्य सदनको १९औं वार्षिक साधारण सभा जेठ १० गते हुने

प्रकाशित समय: बुधवार, ०३ : ३६ बजे जेठ ८ गते



सुनगाभा साहित्य सदनको १९औं वार्षिक साधारण सभा जेठ १० गते हुने

ललितपुर, साहित्यिक चेतनाको प्रवाह गर्दै आएको सुनगाभा साहित्य सदन, ललितपुरले आफ्नो १९औं वार्षिक साधारण सभा जेठ १० गते शनिबार आयोजना गर्न लागेको छ।
 
कार्यक्रममा ‘सुनगाभा’ १७औं र २८औं संयुक्ताङ्क विमोचन, साहित्यिक सम्मान तथा अभिनन्दन, साथै साहित्यिक कार्यक्रम समेत हुनेछ।

संस्थाका संस्थापक अध्यक्ष गोविन्द प्रसाद पराजुलीको नेतृत्वमा २०६३ सालमादर्ता दक्षिण ललितपुरमा स्थापना गरिएको यस संस्थाले थुप्रै साहित्यिक पुस्तकहरूको प्रकाशन गर्दै आएको छ। नेपाली साहित्यको सेवामा यस संस्थाले पुर्‍याएको योगदान उल्लेखनीय छ।

हाल महाङ्काल प्रज्ञा प्रतिष्ठानका अध्यक्ष समेत रहेका सदनका अध्यक्ष रामसुन्दर केसीको अध्यक्षतामा रहेको संस्थाले विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ। 

१९औं साधारण सभाबाट नयाँ नेतृत्व चयन समेत गरिने कार्यक्रम रहेको आयोजकले जनाए।
कार्यक्रम कालेश्वरी आधारभूत विद्यालय महाङ्काल गाउँपालिका वडा नम्बर ५ चन्दनपुरमा बिहान ११:०० बजे सुरु हुनेछ। संस्थाले सम्पूर्ण आजीवन सदस्यहरू र साहित्यप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

सुनगाभा साहित्य सदनले “साहित्य नै समाजको दर्पण हो” भन्ने नाराका साथ लामो समयदेखि साहित्यिक अभियानलाई निरन्तरता दिँदै आइरहेको छ।