सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

भारतका बिनायक सिं यादवले जिते चेस उपाधि

प्रकाशित समय: शनिवार, ०७ : ३० बजे जेठ ११ गते



भारतका बिनायक सिं यादवले जिते चेस उपाधि

१० जेष्ठ भक्तपुर,१२७ जना खेलाडी सहभागी स्व. कुमार ग्वाछा स्मृति ओपन फिडे रापिड रेटिङ्ग २००० मुनि चेस प्रतियोगिताको उपाधि भारतका बिनायक सिं यादवले चुमेका छन्। 

भक्तपुर युवा टिमद्वारा आयोजित सो प्रतियोगितामा भारतीय खेलाडी बिनायक सिंले यादवले नेपालका मुहान नरसिंह सँग समान ८ अंक जोडेर प्रोग्रेसिभ प्वाइन्ट ४७ विरुद्ध ५१ का आधारमा विजेता बनेका छन्। 

यादवले नेपाल बसाइ सुखद बनाउदै ट्रफि र नगद २५ हजार हात पारेका छन्। मुहान नरसिंहले दोश्रो स्थानमा चित्त बुझाउदै नगद १५ हजार प्राप्त गरेका छन्। 

काठमाडौंका प्रेमकृष्ण महर्जनले एकल ७.५ अंक जोडेर तेश्रो स्थानमा रहँदै नगद १० हजार जितेका छन्। 

स्पर्धामा राम्रो खेल प्रदर्शन गरेका कमल श्रेष्ठले ७ अंक बनाए सँगै चौथो स्थान प्राप्त गरि नगद ८ हजार, रिसोन थापाले छैटौं हुँदै नगद ६ हजार प्राप्त गरेका छन्। 

नेपालीका सालिन खेलाडी प्रकाशचन्द्र नेपाल, राजन पुरी, भारतका आशुतोष कुमार, कान्तिपुर चेस क्लबका डसबि कार्कीले समान ९ अंक जोडेर क्रमशः नवौं बन्दै नगद रु. ५ हजार पुरस्कार प्राप्त गरेका छन्। 

भाग्यमानी खेलाडी धिरेन राईले ६.५ अंक जोडर दशौं स्थान ओगटेका छन्। श्रेष्ठले नगद ५ हजार पुरस्कार जिते।

अन्य विधागत पुरस्कारमा उत्कृष्ट भक्तपुर जिल्लाका निकेन कुसाथा, उत्कृष्ट भक्तपुर नगर प्रथम पुरुषोत्तम दुवाल, द्वितीय गणेशमान दुवाल, उत्कृष्ट अनरेटेड कैलाश शरण अशोक पण्डित, उत्कृष्ट सिनियर अशोकमोहन श्रेष्ठ, महिलामा कुशुम घिसिङ उत्कृष्ट बनीन्। 

यसैगरी १९ सय रेटिङ मुनि सिएम भगवती प्रसाद शर्मा, १७ सय मुनि राजेन्द्र राई, युवा १६ वर्षमा सजल न्यौपाने, १४ मा प्रत्युस श्रेष्ठ, १२ मा सात्विक मान तुलाधर र १० मुनि हृदय बस्नेत उत्कृष्ट ठहरिए।

यसैबीच समापन तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि बाग्मति प्रदेश सभाषद सुरेन्द्र राज गोसाई, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, उपाध्यक्ष माधवप्रसाद प्रधान, प्रवक्ता राजु ताम्राकार, केन्द्रीय सदस्य निरञ्जन प्रजापति, काजकिस्तानका प्रशिक्षक बख्तियार अस्कोरभ लगायतको उपस्थिति रहेको थियो।