सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

सुनगाभा साहित्य सदनको १९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न, अध्यक्षमा टंक लामा थोकर

प्रकाशित समय: शनिवार, ०९ : ०० बजे जेठ ११ गते



सुनगाभा साहित्य सदनको १९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न, अध्यक्षमा टंक लामा थोकर

ललितपुर, सुनगाभा साहित्य सदन ललितपुरले आफ्नो निर्वाचन सहितको १९औँ वार्षिक साधारण सभा, साहित्यिक पत्रिका विमोचन, अभिनन्दन तथा साहित्यिक कार्यक्रम भव्य रूपमा कालेश्वरी आधारभूत विद्यालय, चन्दनपुरमा सम्पन्न गरेको छ।

महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष श्री डोल्मा माया गोलेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रा.डा. कृष्ण प्रसाद दाहालज्यू विशेष अतिथि रहनुभएको थियो। कार्यक्रममा सुनगाभा साहित्य सदनका सल्लाहकारहरू आदरणीय गोबिन्द प्रसाद पराजुली, गोपल सन्जेल, रत्न विरही घिमिरे लगायत अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष श्री राम सुन्दर केसीज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘सुनगाभा साहित्यिक पत्रिका’ को विमोचन गर्नुका साथै विविध साहित्यिक प्रस्तुति तथा सम्मान कार्यक्रम समेत आयोजना गरिएको थियो।

साधारण सभासँगै आगामी तीन वर्षका लागि नयाँ नेतृत्वको चयनसमेत गरिएको थियो।

नव-निर्वाचित पदाधिकारीहरु:

अध्यक्ष: श्री टंक लामा (थोकर)

उपाध्यक्ष: श्री भूमिनन्द घिमिरे

सचिव: श्री रामेश गौतम

सहसचिव: श्री दिपेश तिमल्सिना

कोषाध्यक्ष: श्री विदुर घिमिरे

सदस्यहरू: श्री कुमार तिमल्सिना, श्री जयराम दाहाल, श्री मीना घिमिरे, श्री कमल प्रसाद तिमल्सिना, श्री शम्भू प्रसाद प्रसाईँ, श्री किरण दुलाल