सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

कान्ति राजमार्गमा ४ दिन सवारी आवतजावत बन्द हुने

प्रकाशित समय: मगलवार, ०६ : ३० बजे जेठ २१ गते



कान्ति राजमार्गमा ४ दिन सवारी आवतजावत बन्द हुने

मकवानपुर, मकवानपुरको हेटौंडा–ललितपुर अन्तर्गत पर्ने कान्ति राजमार्गमा सवारी आवातजावत अस्थायी रुपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना प्रकाशित गर्दै यहि २०८२ साल जेठ २१ गतेदेखि २०८२ जेठ २४ गतेसम्म बिहान ७ बजेसम्म सो खण्डमा सम्पूर्ण सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको जनाएको छ।

 

सूचनामा जनाइए अनुसार, कान्ति राजमार्ग सडक योजना अन्तर्गत बगुवा–बागमती खोलामा निर्माणाधीन रहेको बेली ब्रिज जडान कार्य भैरहेको छ। सो कार्यका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। सवारी साधन चालक तथा यात्रुहरूलाई कुलेखानी–ककनी–हुमाने मार्ग वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

 

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद ढकालद्वारा जारी सूचनामा वैकल्पिक मार्गको प्रयोग गर्न सबै सवारी साधनधारक र यात्रुहरुलाई आग्रह गरिएको छ।

 

यस अवधीमा यात्राको योजना बनाउँदै गर्नेलाई वैकल्पिक व्यवस्था गर्न र सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न प्रशासनले अनुरोध गरेको छ।