ललितपुर, गोदावरी नगरपालिकाको १७औं नगरसभामा नगर उपप्रमुख मुना अधिकारीले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. २ अर्ब ७ करोड २२ लाख ९० हजार ४४९ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छिन्।
नगर उपप्रमुख अधिकारीद्वारा प्रस्तुत प्रस्तावित बजेटमा चालु खर्चतर्फ ४६%,पूँजीगत खर्चतर्फ ५२%,वित्तीय व्यवस्थापनतर्फ २% विनियोजन गरिएको छ।
"कृषि, पूर्वाधार, पर्यटकीय नगरीः स्वच्छ, समावेशी, समृद्ध गोदावरी" भन्ने मूल लक्ष्यलाई आत्मसात गर्दै, गुणस्तरीय सेवा प्रवाह, सामाजिक न्याय, वातावरण संरक्षण, समावेशीकरण, रोजगारी सिर्जना, शिक्षा-स्वास्थ्यको गुणस्तर अभिवृद्धि र स्थानीय उत्पादन प्रवर्द्धनमा बजेट केन्द्रित गरिएको छ।
स्वास्थ्य र शिक्षामा झण्डै ७ करोड २५ लाख,सामाजिक विकासमा ११ करोड ८५ लाख,कृषि तथा पशुपालनमा १ करोड ८० लाख,पूर्वाधार विकासमा ४८ करोड ५० लाख,विपद् व्यवस्थापन र वातावरण संरक्षणमा ९ करोड,सूचना प्रविधि र सुशासनमा ३५ करोड र वडास्तरीय कार्यक्रमका लागि २१ करोड बजेट छुट्याइएको छ।
बजेट कार्यान्वयनका लागि नगरपालिकाले आन्तरिक राजस्वबाट ४१ करोड ७४ लाख ९५ हजार, संघीय सरकारबाट ७८ करोड ७२ लाख, प्रदेश सरकारबाट १५ करोड २५ लाख, मालपोत रजिष्ट्रेशनबाट ३७ करोड, चालु आवको वचतबाट ३२ करोड, लागत सहभागिताबाट २ करोड ५० लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ।
नगरसभा समक्ष बजेट प्रस्तुत पछि बोल्दै सभाका अध्यक्ष नगर प्रमुख गजेन्द्र महर्जनले विभिन्न आन्दोलनमा शहीद भएका वीरहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, विगतका बाढीपहिरो पीडितप्रति समवेदना प्रकट गरे। उनले संविधान, संघीय सरकारको नीति, आवधिक योजना तथा नगरवासीको विकास चाहनालाई आत्मसात गर्दै यस वर्षको बजेट तर्जुमा गरिएको बताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ